Logo मंगलवार, श्रावण १२ गते २०८३
images

परिवारको उपचारका लागि कर्मचारी पाण्डेलाइ पौवाको १ लाख ११ हजार सहयोग

परिवारको उपचारका लागि कर्मचारी पाण्डेलाइ पौवाको १ लाख ११ हजार सहयोग

  • 3.0K
    SHARES

  • परिवारको उपचारका लागि कर्मचारी पाण्डेलाइ पौवाको १ लाख ११ हजार सहयोग

    बुटवल,पुस १५ ।

    होटल पौवाले आफ्नै कर्मचारीको परिवारको उपचार खर्च उपलब्ध गराएको छ ।

    होटल पौवा प्रालीको वार्षिक साधारणसभाको सन्दर्भमा पौवाका कर्मचारीको परिवारको उपचारका लागि १ लाख ११ हजार रकम प्रदान गरेको हो ।पौवामा विगत ३ वर्षदेखि कार्यरत कर्मचारी शान्ता पाण्डेका श्रीमानको उपचारका लागि होटलले सो रकम राहतस्वरूप उपलब्ध गराएको हो ।

    शान्ताका श्रीमान सागर पाण्डेको दुबै मृगौला फेल भएको र उपचारका लागि खर्च अपुग हुने देखिएपछि पौवाको व्यवस्थापन र होटलमा आवद्ध शेयरधनीहरुको तर्फबाट समेत गरी १ लाख ११ हजार राहत उपलब्ध गराइएको पौवाले जनाएको छ । 

    साधारणसभाकै बीचमा पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले रकम हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा पौवाको साझेदार संस्था शुभओम कम्पनीका अध्यक्ष हरि थापाले पनि राहतस्वरुप नगद १५ हजार पाण्डेलाई हस्तान्तरण गरेका छन् । 

    पौवामा आवद्ध कोही पनि कर्मचारी उपचार नपाएर बस्न नपरोस् भन्ने उद्देश्यले उपचार खर्च उपलब्ध गराइएको अध्यक्ष भण्डारीले बताए ।

    ‘पौवा एउटा परिवार हो, परिवारका सदस्यको पीडामा मल्हम लगाउनु परिवारको दायित्व सम्झेर सानो राहतको सुरुवात गरेका छौुं, उनले भने, -दीर्घकालीन रुपमा राहतको कोषको व्यवस्थापन गर्ने समेत योजना बनाइएको छ ।’

    लामो समयदेखि उपचाररत सागरको दुबै मृगौलाले काम नगरेपछि निम्न आय भएका पाण्डे परिवार समस्यामा परेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology