Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ वटा देशमा ०७७ सालकाे दशैँकाे टीका लगाउने उत्तम साइत जान्नुस्

२४ वटा देशमा ०७७ सालकाे दशैँकाे टीका लगाउने उत्तम साइत जान्नुस्

  • 4.4K
    SHARES

  • २४ वटा देशमा ०७७ सालकाे दशैँकाे टीका लगाउने उत्तम साइत जान्नुस्

    बुटवल,असाेज २२-  

    अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २४ वटा देशमा दशैँकाे टीका लगाउने उत्तम साइत तय गरेको छ । नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईले जानकारी दिए ।

    समितिका सदस्य सचिव आचार्य सन्तोष वशिष्ठले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम २४ वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिए ।

    समितिका अनुसार अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २५ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ः०७ मा, टेक्सासमा ११ः५७ मा र क्यालिफोर्नियामा ११ः४५मा टीकाको शुभसाइत जुरेको छ ।dashain.jpg

    बेलायतको लण्डनमा ११ः३९ बजेको लागि साइत जुरेको छ । यसबाहेक क्यानडाको टोरन्टोमा ११ः४३, पोर्चुगलको लिस्बनमा ११ः३७ र फ्रान्सको पेरिसमा २५ अक्टोम्बरको ११ः४१ मा टीकाको शुभ साइत जुरेको छ ।

    यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्डलगायतका देशमा भने अक्टोम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ः४३ देखि १०ः३५ सम्म तोकिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology