Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु,५९० पुगे मृतक

नेपालमा २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु,५९० पुगे मृतक

  • 2.7K
    SHARES

  • नेपालमा  २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु,५९० पुगे मृतक

    बुटवल,असाेज २२-  

    नेपालमा २४ घण्टायता थप १२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म ५९० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    ८ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा ३९, धनुषामा ७० वर्षीय पुरुष, काठमाडौंमा ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुष, ललितपुरमा ७३ वर्षीया महिलाको मृत्यु भएको छ। 

    यस्तै, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीमा ८३ वर्षीय पुरुष र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार नेपालमा १५ जनाको मृत्यु भएको थियो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो।योसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको छ। 

    हाल देशभर २६ हजार ६८४ जना सक्रिय संक्रमित छन्। ११ हजार ७१७ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी  होम आइसोलेसनमा छन्।आज १८ हजार ४७३ जनाको परीक्षण भएको छ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५४० जना संक्रमित भेटिएका छन्। काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ७१ हजार ३४३ जना पुगेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology