बुटवल,पुस १० ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व र संस्कृति राष्ट्रिय एकता तथा पारस्परिक सद्भावमा महत्त्वपूर्ण रहेको बताएका छन् । क्रिसमस डे अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि चाडपर्वको भूमिका महत्त्वपूर्ण हुने जनाएका हुन् ।
प्रधानमन्त्री देउवाले विश्वमा ओमिक्रोन सङ्क्रमणबारे विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्ड पालना गर्दै सुरक्षि तरूपमा हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउन सबैमा अनुरोध पनि गरेका छन् ।
यस अवसरमा उनले देश–विदेशमा रहेका सम्पूर्ण क्रिस्चियन धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् । उनको शुभकामना सन्देशमा उल्लेख छ,‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक हो । जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पूँजी रहँदै आएका छन् ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)