Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही व्यापार संघको १९ औं बार्षिक साधारणसभा कार्तिक २८ मा हुने

रुपन्देही व्यापार संघको १९ औं बार्षिक साधारणसभा कार्तिक २८ मा हुने

  • 5.6K
    SHARES

  • रुपन्देही व्यापार संघको १९ औं बार्षिक साधारणसभा कार्तिक २८ मा हुने

    बुटवल,असाेज २१-

    रुपन्देही व्यापार संघले आफ्नो १९ औं बार्षिक साधारणसभा आगामी कार्तिक २८ गते गर्ने निर्णय गरेको छ ।  संघको सचिवालयमा बसेको कार्य समिति बैठकले सो निर्णय गरेको संघले जनाएको छ । 

    राज्यले कोरोना संक्रमण नियन्त्रणका लागि तय गरेको स्वाश्थ्य नीति तथा नियमको पालना गरि साधारणसभा गर्ने निर्णय संघले गरेको महासचिव दयानिधि भण्डारीले बताउनुभयो । 

    यसैगरि संघले यही असोज २७ गते नेपाल चेम्वर अफ कमर्सको स्थापना दिवशको अवसरमा संघको सचिवालयमा रक्तदान गर्ने निर्णय गरेको छ । रक्तदान कार्यक्रम सम्पन्न गर्न महासचिव दयानिधि भण्डारीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

    जसमा सहसंयोजकमा सचिव नामदेव पाण्डे तथा सदस्यहरुमा प्रेम पाण्डे, रितेश ज्ञवाली, मनिमदिन मिया, शोभा जोशी र अर्जुन भट्टराई रहनु भएको छ । संघले रक्तदानमा सहभागि हुन व्यवसायीहरुलाई आग्रह गरेको छ ।

    रुपन्देही व्यापार संघले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दशै सस्तो वजार सञ्चालन गर्ने जनाएको छ । त्यसका लागि संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा एक समिति गठन गरि आवश्यक काम अगाडी बढाएको छ । जसमा महासचिव दयानिधि भण्डारी, कोषाध्यक्ष दिपक अधिकारी, मणि खनाल र प्रकाश पौडेल सदस्य रहनु भएको छ ।

    बैठकले बुटवल उपमहानगरपालिका हाटवजारमा सटर भाडामा लिएर व्यापार व्यवसायीहरुको समस्याका विषयमा छलफल गरेको अध्यक्ष यमलाल लोहनीले बताउनुभयो ।

    बैठकले बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको हाटवजारमा सटरभाडामा लिएका व्यवसायीहरुको सम्झौताको म्याद सकिएको हुदा बर्तमान कोरोनाका कारण लामो समय बन्द भएको हुदा नया टेन्डर नगर्न अनुरोध गर्दै कम्तीमा संझौताको म्याद १ बर्ष थप्न माग गरेको छ । 

    बैठक संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology