बुटवल,मंसिर २७ ।
प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले भोलि मंसिर २८ गते नयाँ पार्टी खोल्ने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवार भई प्रतिनिधिसभा सदस्यमा विजयी भएका त्रिपाठीले भोलि नयाँ पार्टी घोषणा गर्ने भएका हुन् ।
तराई मधेसको राजनीति छाडेर सुर्य चिन्हमा विजयी भएका त्रिपाठीले मंसिर २८ गते एभरेष्ट होटल बानेश्वरमा एक कार्यक्रमको आयोजना गरेर नयाँ राजनीतिक दल जनता प्रगतिशिल पार्टी जप्रपाको घोषणा गर्ने भएका हुन् ।
त्रिपाठी २०७४ सालको चुनावमा स्वतन्त्र उम्मेदवार भएर विजयी भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)