बुटवल,मंसिर १८ ।
नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
महाधिवेसनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता पक्षमा रहेको बताए । उनले पत्रकारले इमान्दिताका साथ प्रतिगमनका बिरूद्ध लड्न अपील गरे । प्रेस जगतलाइ अंकुश लगाउने अघिल्लाे सरकारले ल्याएका ऐन खारेज गरिने बताए ।
चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास जारी छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)