Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

कक्षा १२ को नतिजा सार्वजनिक,सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याए

कक्षा १२ को नतिजा सार्वजनिक,सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याए

  • 2.7K
    SHARES

  • कक्षा १२ को नतिजा सार्वजनिक,सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याए

    बुटवल,मंसिर १७ ।

    कक्षा १२ को नतिजा प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।

    तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ छ ।

    ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५५३ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ जीपीए ल्याएका छन् ।

    तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ जीपीए ल्याएका छन् ।

    कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ ।

    बोर्डले एक जना परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै ११ हजार ४९० जनाको परीक्षाफल स्थगित गरेको जनाएको छ । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जानकारी दिएको छ ।

    आंशिकतर्फ ३१ हजार ५५ सहभागीमध्ये ८१.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २५ हजार २८८ जना उत्तीर्ण भएका छन् ।

    त्यस्तैगरी ग्रेड वृद्धितर्फ ९१ ह्जार ९०० सहभागी मध्ये दुई हजार ८८२ परीक्षार्थीको परीक्षा स्थगित गरिएको छ ।

    कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड(१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

    नतिजा टेलिकमको वेवसाइटबाट हेर्न सकिनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology