Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलवस्तुको नन्दनगरमा २७ औँ ज्ञानमहायज्ञ,भाेलि राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

कपिलवस्तुको नन्दनगरमा २७ औँ ज्ञानमहायज्ञ,भाेलि राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

  • 2.4K
    SHARES

  • कपिलवस्तुको नन्दनगरमा २७ औँ ज्ञानमहायज्ञ,भाेलि राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

    बुटवल,मंसिर १५ । 

    कपिलवस्तुको बाणगंगा -२ नन्दनगरमा २७ औँ ज्ञानमहायज्ञ भाेलिदेखि शुरु हुँदैछ ।  यज्ञ अनुष्ठानको राष्ट्रपति विद्यादेवी भण्डारीले विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको १००८ स्वामी लोकानन्दले नागरिक अनलाइनलार्ई जानकारी दिनुभयो ।

    राष्ट्रपति भण्डारीले जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको कैलाश आश्रम तथा मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको अवलोकन, विश्वविशाल शिव ज्योर्तिलिङको स्थापना र नवनिर्मित कुण्डको उद्घाटन गर्नुहुने छ ।

    गुरुकुलमको सहयोगार्थ भोलिबाट महायज्ञ गर्न लागिएको हाे ।  नन्दनगर बसाईको क्रममा राष्ट्रपति भण्डारीले भक्तसमक्ष छोटो भनाई राखेर विदाई हुने यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीले बताउनुभयो ।

    अहिले यज्ञस्थलको सजावट, पंडाल, साउण्ड ब्यवस्थापन, रंगरोगन, प्रचारप्रसार, अतिथिको आमन्त्रण, ध्वजापताका लगायतका कामहरु अन्तिम अवस्थामा पुगेका छन् । मंसिर २२ गतेसम्म हुने महायज्ञमा यसपटक अन्र्तराष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावनले कथा बाचन गर्नु हुने छ भने सन्ध्यामा साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology