बुटवल,मंसिर १३ ।
नाडा अटोमोबाईल्स ईसोसियसन अफ नेपालको अध्यक्ष पदका उम्मेदवार ध्रुव थापाको टिमले आइतबार बुटवलमा उम्मेदवारी घोषणा गरेको छ ।
जसको सदस्यमा यमुना श्रेष्ठ, आकाश गोल्छा, अमरज्योती रंजित, बीएन पाठक, दिपक कुमार अग्रवाल, दिपेन्द्र कुमार मिश्र, कपिल सिवाकोटी, नारायण पि पौडेल (राजन), नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्दि कार्की सगुन बिएस कंसाकार, संजय कुमार खेतान, शुभासिस थपलियासहितको १७ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
यही मंसिर २२ र २३ गते काठमाडौंमा हुन गइरहेको अधिवेशनमा अध्यक्षका उम्मेदवार करण चौधरीविरुद्ध थापाले उम्मेदवारी दिएका हुन् । नाडालाई कर्पोरेट घरानाको पहुँच वा सिण्डिकेट हटाउन चाहेको बताए ।
दुई कार्यकाल उपाध्यक्ष र सदस्य पदमा रहेर योगदान दिएको स्मरण गर्दै आम उद्योगी व्यवसायीहरुलाई हकहितमा योगदान दिने गरी उम्मेदवारी दिएको उनले बताए ।
योगदान र उमेरका हिसाबले पनि अहिले अध्यक्षको बलियो दाबेदार भएको भन्दै उनले वर्तमान अध्यक्ष कृष्ण दुलाल एउटा पक्षलाई बोकेर हिड्दा ठूलो समस्या आएको गुनासो गरे ।
सरकारको नीति स्थायी प्रकारका नहुनु व्यवसायीहरुलाई सबैभन्दा ठूलो समस्या आइलागेको भएको भन्दै उनले एउटा लक्ष्य लिएर सामान भित्र्याइरहेको बेला सरकार वा कर्मचारी हट्दा नीति परिवर्तन हुने जस्ता ठूलो समस्या रहेको बताए ।
टीमलाई बुटवलमा स्वागत गरिएको नाडा लुम्बिनी अध्यक्ष गणेश भट्टराईले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)