Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेको सर्वसम्मत महासचिव बने शंकर पोखरेल

एमालेको सर्वसम्मत महासचिव बने शंकर पोखरेल

  • 3.8K
    SHARES

  • एमालेको सर्वसम्मत महासचिव बने शंकर पोखरेल

    बुटवल, मंसिर १३ ।

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल सर्वसम्मत महासचिव चुनिएका हुन् ।

    सोमबार मनोनयन दर्ताको समय अवधिभित्र अन्यको उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ ।

    उनी नवौं महाधिवेशनबाट उपमहासचिव पदमा पराजित भएका थिए । दाङ घर भएका पोखरेल लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत हुन् ।

    महासचिव पदमा विष्णु पौडेल पनि दाबेदार थिए । दुवै ओली निकट नेता हुन् । पार्टी अध्यक्ष ओलीले पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिवमा प्रस्ताव गरेका थिए । पोखरेल सर्वसम्मत महासचिव बने पनि पौडेलले भने चुनावको सामना गर्नुपर्ने भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology