Logo बिहिवार, आश्विन १ गते २०८३
images

 गुल्मी बलीथुममा ट्याक्टर दुर्घटना,एक जनाको मृत्यु दुई घाईते

 गुल्मी बलीथुममा ट्याक्टर दुर्घटना,एक जनाको मृत्यु दुई घाईते

  • 2.1K
    SHARES

  •  गुल्मी बलीथुममा ट्याक्टर दुर्घटना,एक जनाको मृत्यु  दुई घाईते

    गुल्मी, असोज १९ ।

    गुल्मीमा ट्याक्टर दुर्घनामापरि सोमबार एक जनाको ज्यान गएको छ भने दुई जना घाईते बनेका छन् ।

    गुल्मीको गुल्मी दरबार गाउँपालिका १ काे बलिथुमवाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको  लु ४ त २८३३ नम्बरको ट्याक्टर सोमबार बिहान बलीथुमको टापु भन्ने स्थानमा दुर्घटना भएको हो । 

    दुर्घटनामापरि ट्याक्टरमा सवार गुल्मी दरबार गाउँपालिका १ माझीगाउँ वस्ने वर्ष १६ का धन बहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी दिनु भएको छ । उनको ट्याक्टरको चक्काले च्याँपेर ज्यान गएको हो ।

    दुर्घटनामापरि गुल्मी दरवार गाउँपालिका १ माझीगाँऊ बस्ने बर्ष १५ वर्षका लाल बहादुर बुढा मगर र ट्याक्टर चालक कपिलबस्तु घर भएका बर्ष ३० का रेशम ताम्राकार घाईते बनेका छन् ।

    घाईतेहरुको अहिले स्थानीय शुभ शारथी मेडिकल मजुवामा उपचार भैरहेको प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर गाहाले बताउनु भएको छ । र्दुघटना भएको उक्त ट्याक्टर सडकदेखि २० मिटर तल खसेको थियो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology