Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सर्वोच्च अदालतमा कोरोनाका कारण एकल इजलास मात्र सञ्चालन

सर्वोच्च अदालतमा कोरोनाका कारण एकल इजलास मात्र सञ्चालन

  • 3.7K
    SHARES

  • सर्वोच्च अदालतमा कोरोनाका कारण एकल इजलास मात्र सञ्चालन

    काठमाडौँ,असोज १८ - 

    सर्वोच्च अदालतले कोरोना भाइरस [कोभिड–१९]का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ। केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए।

    उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा बसेका छन्। सर्वोच्चमा एकल, संयुक्त र बृहत् इजलास सञ्चालन हुँदै आएका थिए। आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र अर्का न्यायाधीश डा. मनोजकुमार शर्मा मात्र आएका छन्। न्यायाधीश डा। शर्माको एकल इजलास मात्र सञ्चालनमा छ।  

    सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिए। सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी सङ्क्रमित भएको र सङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहेको जनाइएको छ।

    रासस

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology