बुटवल,कार्तिक ५ ।
दाङको लमहीमा बस दुर्घटना हुदा २९ जना घाइते भएका छन् ।
सुर्खेतबाट–काठमाडौ तर्फ जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ख०२१९ नम्बरको बस पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नम्बर ३ नारायणपुर भन्ने ठाउँमा दुर्घटना हुँदा २९ यात्रु घाइते भएका हुन ।
घाइते मध्ये सात जनालाई थप उपचारका लागि राति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।अन्य घाइतेको भने दाङको लमहीमै उपचार भइरहेको छ ।
एसपी काफ्लेका अनुसार बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस दुर्घटनामा परेको थियो ।पौने दुई बजेतिर दुर्घटनामा परेको र बसमा ३९ यात्रु सवार रहेको एसपी काफ्लेले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)