Logo बिहिवार, आश्विन १ गते २०८३
images

कटुवा पेस्तोलसहित रुपन्देही तिलाेत्तमाका सन्दिप थापा पक्राउ

कटुवा पेस्तोलसहित रुपन्देही तिलाेत्तमाका सन्दिप थापा पक्राउ

  • 2.4K
    SHARES

  • कटुवा पेस्तोलसहित रुपन्देही तिलाेत्तमाका सन्दिप थापा पक्राउ

    बु्टवल,मंसिर १ ।

    रुपन्देहीमा एक थान कटुवा पेस्तोलसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१४ बिन्दुनगरका २८ वर्षीय सन्दिप थापा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    थापालाई प्रहरीले बाट १ थान कटुवा पेस्तोलसहित तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे ।

    उक्त स्थानमा पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology