Logo बिहिवार, आश्विन १ गते २०८३
images

रौतहटमा गएराति कार दुर्घटना,चार जनाको मृत्यु

रौतहटमा गएराति कार दुर्घटना,चार जनाको मृत्यु

  • 1.5K
    SHARES

  • रौतहटमा गएराति कार दुर्घटना,चार जनाको मृत्यु

    बुटवल,कार्तिक २८।

    रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका-५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

    शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।

    कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।

    मृत्यु हुनेहरू मध्ये दुई जना भारतको बिहार बखरी बेतौना भन्ने गाउँका अरुन साह र दिनानाथ साह रहेका छन् भने अन्य दुई जनाको नाम सनाखत भएको छैन ।

    घटनाबारे शनिबार राति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको एसपी घिमिरेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology