बुटवल,कात्तिक २४ ।
बुटवल–पाल्पा सिद्धार्थ राजमार्ग रातको समयमा १५ दिन बन्द हुने भएको छ । सोमबारदेखि मंसिर ६ गतेसम्म रातको समयमा दैनिक ८ घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तर्गत दोभान आस–पास क्षेत्रमा सडक फराकिलाे बनाउनका लागि आवागमन बन्द हुनेछ ।
डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार उक्त सडक खण्ड बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म गरी १५ रातसम्म बन्द हुने भएको हो ।
उक्त समयमा एम्बुलेन्स र सुरक्षाका सवारीसाधन मात्र सञ्चालन हुन पाउने उनको भनाई छ । यद्यपी, उल्लेखित समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)