Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१ जनाको मृत्यु

थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१ जनाको मृत्यु

  • 2.4K
    SHARES

  • थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१ जनाको मृत्यु

    बुटवल,कार्तिक २३।

    पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भइ घर फर्कनेको संख्या ४८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

    हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या सात हजार ६१२ रहेको छ ।हालसम्म देशभर कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ पुगेको छ ।

    जसमध्ये ७ लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ११ हजार ४५४ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    काठमाडौंमा ११८, भक्तपुरमा १३ र ललितपुरमा ३८ जनामा संक्रमण भएकाो छ । त्यस्तै मोरङमा ४२, झापामा २२, रुपन्देहीमा २९, कास्कीमा २०, चितवनमा १६, कैलालीमा १५ र दाङमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology