Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने श्रीलंकाली राष्ट्रपति राजापाक्षको चाहाना

लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने श्रीलंकाली राष्ट्रपति राजापाक्षको चाहाना

  • 1.9K
    SHARES

  • लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने श्रीलंकाली राष्ट्रपति राजापाक्षको चाहाना

    बुटवल,कात्तिक १७ । 

    श्रीलंकाले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा मंगलबार भएको भेटमा श्रीलंकाका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेका हुन् ।

    श्रीलंकाका राष्ट्रपति राजापक्षले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र प्रधानमन्त्री देउवाले त्यसमा नेपालको सदभाव रहने बताएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।

    भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बढाउने, शैक्षिक क्षेत्रमा सहयोग आदान प्रदान गर्ने, दुईपक्षीय संस्कृति मजबुत बनाउने लगायतका विषयमा पनि कुराकानी भएको सचिव पौड्यालले बताए ।

    स्कटल्याण्डमा रहँदा प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडनसँग पनि भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल-अमेरिकी बीचको द्विपक्षीय र बहुपक्षीय विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

    मंगलबार नै प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology