बुटवल,कात्तिक १६ ।
रुपन्देहीको देवदहमा पहिलोपटक ब्यबसायीक पुष्प खेती शुरु गरिएको छ । स्थानीय २२ बर्षिय पवन तिवारीले आफ्नो बुवा बुद्धि प्रसाद तिवारी समेतलाइ लिएर ब्यबसायीक पुष्प खेती गरेका हुन् ।
उनले देवदह ५ मा अल्फा एग्रो फाम तथा रिसर्च सेन्टर दर्ता गरेरै ब्यबसायीक पुष्प खेती गरेको नागरिक अनलाइनलाइ बताए । उनले ५ कठ्ठा जग्गामा पुष्प खेती गरेपछि अहिले फूलको माग ह्वात्तै बढेको बताए ।
पछिल्लो समय रूपन्देहीमा पुष्प खेतीतर्फ युवाहरुको समेत आर्कषण बढेको हो । ‘नेपालमा धेरै संभावना छ,हामी छेउछाँउको जग्गलाइ ब्यबस्थापन गरेर पनि राम्रो आम्दानी गर्न सक्छाैँ ।’उनले भने ।
पहिलोपटक खेती गरेका उनी कृषिकै बिद्यार्थी समेत हुन् । कम लगानीमा राम्रो आम्दानी हुने भएकाले पुष्प खेतीतर्फ कृषकको आर्कषण बढेको हो । बुटवल, तिलोत्तमा, रोहणी, देवदह, सैनामैना, लुम्बिनी, भैरहवालगायतका क्षेत्रमा तिहार लक्षित सयपत्री र मखमली फूलको खेती गरिएको छ ।
डेढ लाखको लागतमा खेती शुरु गरेकोले यसपटक यसको बजार हेरेर अर्काे बर्षदेखि अझै बढाएर खेती गर्ने उनको भनाइ छ । फूलको सयपत्री फूलको प्रतिमाला माला १ सय देखि १४० सम्म रहेको उनले जानकारी दिए ।
उनको खेतभरीअहिले ढकमक्क सयपत्री फूलेका छन् । तिहार लागेकाले अहिले माला र फूल लिन मानिसहरू खेतमै पुगेको देखिन्छ । फूल उत्पादनको लागि नेपालको माटो उपयुक्त भएको र नेपालले विदेश निर्यात गरेर पनि प्रशस्त आम्दानी गर्न सक्ने संभावना रहेको उनको भनाइ छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)