Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

अहिलेको परिस्थिति : ‘न्यायालयमा भएको अति राजनीतिको उपज’

अहिलेको परिस्थिति : ‘न्यायालयमा भएको अति राजनीतिको उपज’

  • 1.4K
    SHARES

  • अहिलेको परिस्थिति :   ‘न्यायालयमा भएको अति राजनीतिको उपज’

    बुटवल,कात्तिक १२ ।

    अति राजनीति गर्ने प्रबृत्तिका कारण न्यायालयमा समस्या निम्तिएको बताउँदै पहिले रोपिएको बीउ अहिले पटाक्ष मात्रै भएको कानुन व्यबसायीहरुले बताएका छन् ।

    नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डि.एल.ए.) रुपन्देहीको १६ औं साधारणसभाको अवसरमा शुक्रबार बुटवलमा आयोजित ‘स्वतन्त्र न्यायपालिकाका सन्दर्भमा वर्तमानमा देखिएका चुनौतीहरु’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्ने अधिकांश कानुन व्यबसायीहरुले अहिलेको समस्या न्यायालयमा भएको अति राजनीतिको उपज भएका बताएका थिए ।

    कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले नेपाली काँग्रेस स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिका प्रति प्रतिवद्ध रहेको बताउँदै एमाले अध्यक्ष केपि ओलीको अभिव्यक्तिले एमालेको डिजाईनमै न्यायालयमा यो अवस्था निम्तिएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

    कार्यक्रममा बोल्दै डि.एल.ए. रुपन्देहीका अध्यक्ष महेन्द्रप्रसाद पाण्डेले ‘कागतीको रुख रोपेर सुन्तला फल्छ र ?’ भनी प्रश्न गर्नुभयो । न्यायालयलाई अति राजनीति गर्ने प्रबृत्तिले यो अवस्था आएको बताउँदै उहाँले समस्याको दीर्घकालिन समाधानको लागि संरचनामै सुधार गर्नुपर्ने भनाई राख्नुभयो । ‘समस्या समाधानको लागि संरचनामै सुधार गर्नुर्छ ।’ उहाँले भन्नुभयो–‘एउटा व्यक्तिलाई हटाउँदैमा÷हट्दैमा समस्याको दीर्घकालिन समाधान हुन सक्दैन ।’

    आगो बलिसकेकाले तत्कालको समस्या समाधानको लागि या प्रधानन्यायधिशले आगो निभाउन सक्नुपर्ने नभए मार्गप्रसस्त गर्नुपर्ने आफ्नो व्यक्तिगत धारणा भएको उहाँले बताउनु भयो । वरिष्ठ अधिवक्ता द्वय नेत्रबहादुर नेपाल र हरिप्रसाद पाण्डेले स्वतन्त्र न्यायपालिकामा विकृती उत्पन्न भएको बताउँदै एकोहोरो राजीनामा मात्रै भन्दा पनि समाधानको लागि मध्येमागी बाटो खोज्न पनि सकिने भनाई राख्नुभयो ।

    डि.एल.ए.का केन्द्रीय उपाध्यक्ष गोकर्णसिंह थापाले स्वतन्त्र न्यायपालिकाको सिद्धान्त बोकेको नेपाली काँग्रेस मौन बस्न नहुने भन्दै पार्टीको धारणा सार्वजनिक गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘एमालेले स्वार्थमा उभिएर संसद विघटनको निर्णय उल्ट्याउने पाँचै जना न्यायधिशले राजीनामा गर्नुपर्छ भन्यो, काँग्रेसको धारणा के हो ?’

    त्यस्तै नेपाल बार काउन्सिलका सदस्य बाबुराम पाण्डेले अहिले न्यायालयमा उत्पन्न भएको समस्या जटिलमात्रै नभएर संवेदनशिल पनि भएको बताउँदै यो समस्या समाधानको लागि स्वतन्त्र न्यायपालिकाको सिद्धान्त बोकेको काँग्रेसले पनि पार्टीको धारणा बनाउनु पर्ने र सबै राजनीतिक दलहरु एक ठाउँमा बसेर एउटा निर्णयमा पुग्नुपर्ने बिचार राख्नुभयो ।

    नेपाल बार एशोसिएशनका निवर्तमान केन्द्रीय उपाध्यक्ष घनश्याम पन्तले न्यायालय कमजोर हुँदा संविधान र व्यबस्था पनि कमजोर हुने बताउँदै सरकार र नेपाली काँग्रेस पनि संविधान र व्यबस्था रक्षाको लागि गम्भिर बन्नुपर्ने उल्लेख गर्नुभयो । नेपाल बार एशोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले योग्यता र दक्षता भन्दा पनि राजनीतिक नियुक्तिका कारण न्यायालयमा राजनीतिक दाउपेच बढेको भनाई राख्नुभयो ।

    नेपाली काँग्रेस रुपन्देही २ का क्षेत्रीय उपसभापति परशुराम ढकाल र बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले बिषयबस्तुको गहिरो अध्ययन गरेर नेपाली काँग्रेसले नहतारिईकन न्यायालयप्रति थप विश्वास बढ्नेगरी एउटा निचोड निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराई, डि.एल.ए. रुपन्देहीका पूर्व अध्यक्ष रामजी ज्ञवाली, उपाध्यक्ष हरिप्रसाद पन्थी, सचिव लोकप्रसाद खरेल लगायतले भनाई राख्नुभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology