बुटवल,असोज १६-
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
आजकाे नयाँ तथ्यांक अनुसार प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना पुष्टि भएको हाे । दुई जना स्वास्थ्यकर्मी र अन्य दुई जनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पौडेलले पहिरो प्रभावितबाट पिडितहरूको उद्वारमा लाग्दा कोरोना संक्रमित भएको बताएका छन् । एक बिज्ञप्ती निकाल्दै उनले प्रशासनबाट हुने काम नरोकिने बताएका छन् ।
जिल्लामा हाल सम्म ४ सय ७ जना कोरोना संक्रमित मध्ये कोरोना निको भएर ३सय ८ जना डिस्चार्ज भएका छ्न् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)