Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज संयुक्त राष्ट्रसंघ स्थापना दिवस,बुटवलमा शान्ति समाजको कार्यक्रम

आज संयुक्त राष्ट्रसंघ स्थापना दिवस,बुटवलमा शान्ति समाजको कार्यक्रम

  • 2.5K
    SHARES

  • आज संयुक्त राष्ट्रसंघ स्थापना दिवस,बुटवलमा शान्ति समाजको कार्यक्रम

    बुटवल,कार्तिक ६ । 

    आज संयुक्त राष्ट्रसंघ स्थापना भएको दिनअर्थात अक्टोबर २४ । आजकै दिन सन् १९४५ मा संयुक्त राष्ट्रसंघको आधिकारिक रूपमा स्थापना भएको थियो।

    संयुक्त राष्ट्रसंघ दिवस, सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रको बडापत्र लागू भएको दिनको वार्षिकोत्सवको रूपमा मनाइन्छ।

    संयुक्त राष्ट्रसंघ स्थापना भएको दिनको स्मरण गर्दै बुटवलमा बिहान १० :१५ बजे  मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले चाैराहामा दबाबमुलक कार्यक्रम राखेको छ ।

    युद्ध रोक्न, मानवअधिकारको रक्षा गर्न, जीवनस्तरलाई उकास्न, अन्तर्राष्ट्रिय कानुनको पालना गराउन, विभिन्न प्रकारको रोगसँग जुध्नेलगायतका काम गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो। विश्वहितको लागि काम गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न संस्था तथा निकायहरू रहेका छन्।

    हेगमा मुख्य कार्यालय रहेको यस आयोग युगोस्लाभियामा युद्ध अपराधका संकास्पद व्यक्तिमाथि मुद्दा चलाउनको लागि स्थापना भएको थियो।

    un and santi samaj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology