बुटवल,असोज १६-
बुटवलमा उपचाररत रुपन्देहीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा बिहिबार राती ११:५० बजे रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनलाई २ दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी असोज १३ गते साझ ११ बजे अस्पताल भर्ना भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले नागरिक अनलाइनलाइ जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)