Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देही मोतीपुर घटनाको मुख्य नाइके कपिलवस्तुका साविर अली रहेको प्रहरीको ठहर,कागजातसहित पक्राउ

रूपन्देही मोतीपुर घटनाको मुख्य नाइके कपिलवस्तुका साविर अली रहेको प्रहरीको ठहर,कागजातसहित पक्राउ

  • 2.4K
    SHARES

  • रूपन्देही मोतीपुर घटनाको मुख्य नाइके कपिलवस्तुका साविर अली रहेको प्रहरीको ठहर,कागजातसहित पक्राउ

    बुटवल,कार्तिक २ ।

    रूपन्देहीको मोतीपुर जग्गा अतिक्रमणका नाइकेलाइ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।मोतीपुर औद्यौगिक क्षेत्रको जग्गा अतिक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले ४४ वर्षिय साविर अलिलाई पक्राउ गरेको हाे । 

    प्रहरीले उनलाइ जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने,ब्यानर निर्माण गर्ने लगायतका काममा संलग्न भएको आराेपमा कपिलवस्तु शुद्धोधन गांउपालिका–६ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उप-महानगरपालिका-११ देवीनगरमा बस्दै आएका अलिलाई मुख्य अभियुक्तको रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    सोमबार अलि बस्दै आएको देविनगर स्थित डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक भाष्कर चन्दले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    पक्राउ परेका अलिलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

     अभियुक्तको साथबाट प्रहरीले ३ थान ब्यानर, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको १३ थान कागजात र बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको छ । 

    प्रदेश गौरबको आयोजनाका रुपमा रहेको मोतिपुर औद्यौगिक क्षेत्रमा गएको असोज २४ गते जग्गा कब्जा गर्न आएका व्यक्तिहरु र सुरक्षाकर्मी बीच झडप हुँदा ४ जनाले ज्यान गुमाएका थिए ।

    घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology