बुटवल,कात्तिक २ ।
रूपन्देहीको भैरहवामा आध्यामिक जागरण विराट एकता धर्म सभा हुने भएको छ।विश्व ॐकार एकता महाअभियानको आयोजनामा र नेपालका धार्मिक सामाजिक शैक्षिक संङ्घ संस्थाहरुको सहआयोजनामा धर्मसभा हुन लागेको हाे ।
कार्तिक ८ गते सोमबारका दिन भैरहवाको महेन्द्र सभागृहमा धर्म सभा हुने मूल समारोह ब्यबस्थापन समितिका सदस्य डिल्ली प्रसाद शर्मा आचार्यले नागरिक अनलाइनलाइ जानकारी दिए ।
साे कार्यक्रममा जगन्नाथपुरी भारतका मुल शंकराचार्य अनन्त श्री विभुषित स्वामी शंकराचार्य निश्चलानन्द सरस्वती महाराजका मुखारबिन्दबाट आध्यात्मिक प्रबचन ,आशिर्बचन हुनेछ भने कार्यक्रममा नेपालका प्रमुख धार्मिक,सामाजिक,संघसंस्थाका प्रतिनिधि र धर्मगुरुहरुको उपस्थिति रहने विराट एकता धर्म सभा मूल समारोह ब्यबस्थापन समितिले जनाएको छ ।
कार्तिक ९ गते मंगलबार ज्ञानमंच कार्यक्रम हुने जनाइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)