Logo बिहिवार, आश्विन १ गते २०८३
images

गृहमन्त्री खाँणलाई गृहनगर तिलोत्तमामा १५ किलोको माला !

गृहमन्त्री खाँणलाई गृहनगर तिलोत्तमामा १५ किलोको माला !

  • 3.9K
    SHARES

  • गृहमन्त्री खाँणलाई गृहनगर तिलोत्तमामा १५ किलोको माला !

    बुटवल,कात्तिक २ । 

    गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणलाई १५ किलोको मालाले स्वागत गरिएको छ । मन्त्री बनेपछि पहिलाेपटक साेमबार रुपन्देही आएका खाँणलाई उनकै घरमा कांग्रेस तिलाेत्तमा नगर समितिले १५ किलोको मालाले स्वागत गरेको हाे  ।

    नगर सभापति हरिलाल पाण्डे,जिल्ला सभापति अब्दुल रज्जाक लगायतले उनलाई १५ किलोको माला लगाइदिएका हुन् । भैरहवा विमानस्थलबाट कार्यकर्ताको ठूलो भीडसहित पार्टी कार्यालयसम्म लगिएका खांणलाई त्यहाँ पनि खादा मालाले सम्मान गरिएको हो ।

    मन्त्री खाँणले साेमबार बुटवल ज्याेतिनगर पहिराे अवलाेकन,स्व प्रेम खरेलको शाेमसभा  र कांग्रेस नेता दीर्घबहादुर केसी कुमारको घरमा पनि  पुगेर केसीको आमाको शाेकसभामा सहभागि भएका थिए ।mala ma khad.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology