बुटवल,कार्तिक १ ।
सरकारले भाेलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)