Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

प्रमुख जिल्ला अधिकारीहरुको धमाधम सरुवा गर्दै गृह मन्त्रालय

प्रमुख जिल्ला अधिकारीहरुको धमाधम सरुवा गर्दै गृह मन्त्रालय

  • 3.0K
    SHARES

  • प्रमुख जिल्ला अधिकारीहरुको धमाधम सरुवा गर्दै गृह मन्त्रालय

    बुटवल,कार्तिक १ ।

    गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो ।

    कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ ।

    सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी रहेका योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको थियो ।

    यसैगरी गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ । अर्घाखाँचीका प्रजिअ विष्णु पौडेललाई गृह मन्त्रालयमा तानिएको छ ।

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव पदमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

    हेर्नुहोस् सरुवा सूची :

    CDO-Saruwa-Asoj-31.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology