बुटवल,असोज २८ ।
यस वर्षको बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा रहेको छ। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार दशैदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद टीका लगाउन सकिन्छ।
विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गर्ने साइत छ। यसैगरी अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले पनि विभिन्न देशमा दसैँको टीका लगाउन शुभसाइत प्रकाशित गरेको छ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)