Logo बिहिवार, आश्विन १ गते २०८३
images

सर्वोच्चको आदेशपछि महिला अधिकारकर्मी रुवी खान रिहा

सर्वोच्चको आदेशपछि महिला अधिकारकर्मी रुवी खान रिहा

  • 2.7K
    SHARES

  • सर्वोच्चको आदेशपछि महिला अधिकारकर्मी रुवी खान रिहा

    बुटवल,असोज २८ ।

    सर्वोच्च अदालतको आदेशपछि महिला अधिकारकर्मी रुवी खान रिहा भएकी छन्।

    सर्वोच्चले आज खानलाई तत्काल रिहा गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार आजै साँझ प्रहरीले उनलाई रिहा गरेको अधिवक्ता मोहना अन्सारीले जानकारी दिइन्।

    खानलाई बहुविवाहको आरोपमा पक्राउ गरी प्रहरीले नेपालगञ्ज पुर्‍याएको थियो। उनको पक्राउविरुद्ध अधिवक्ता अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज खानलाई रिहा गर्न आदेश दिएको हो। रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्नसमेत सर्वोच्चले आदेश दिएको छ।

    न्यायको खोजीमा नेपालगञ्‍जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीलाई माइतीघरमा शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।


    बाँकेको नेपालगञ्‍ज उपमहानगरपालिका-७ का स्थायी बासिन्दा रुवीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology