Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा थप १९११ जनामा कोरोना पुष्टि,मृत्यु हुनेको संख्या ५०९ पुग्याे

नेपालमा थप १९११ जनामा कोरोना पुष्टि,मृत्यु हुनेको संख्या ५०९ पुग्याे

  • 1.6K
    SHARES

  • नेपालमा थप १९११ जनामा कोरोना पुष्टि,मृत्यु हुनेको संख्या ५०९ पुग्याे

    बुटवल,असोज १५ - 

    बिगत २४ घण्टामा देशभर एक हजार ९११ जना कोरोनाका संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ९११ संक्रमित थपिएको जानकारी दिए।

    योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ। हालसम्म ५७ हजार ३८९ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ९ सय ६१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ।

    यस्तै आज काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना नयाँ संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ। गत २४ घण्टामा १२ हजार ४४४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ५ हजार ७७ जना क्वारेन्टिनमा रहेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology