Logo बिहिवार, आश्विन १ गते २०८३
images

सीता भण्डारी मृत्यु प्रकरण : किटानी गरिएकै ३ जना पुर्पक्षका लागि थुनामा !

सीता भण्डारी मृत्यु प्रकरण : किटानी गरिएकै ३ जना पुर्पक्षका लागि थुनामा !

  • 4.9K
    SHARES

  • सीता भण्डारी मृत्यु प्रकरण : किटानी गरिएकै ३ जना पुर्पक्षका लागि थुनामा !

    बुटवल,असोज २० ।

    रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय ‘मृत्यु’ प्रकरणमा संलग्न रहेको आराेपमा ३ जना पुर्पक्षका लागि थुनामा गएका छन् । मृतक सीता भण्डारीका श्रीमान् टीका पौड्याल ,जेठाजू हरि पौड्याल र उनकी दिदी बिष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाइएको रूपन्देही प्रहरीले जनाएको छ ।

    थुनछेक बहसपछि उनीहरूलाइ पुर्पक्षका लागि थुनामा पठाइएको रूपन्देही प्रहरी प्रबक्ता डिएसपी सत्य नारायण थापाले नागरिक अनलाइनलाइ बताए । थप अनुसन्धानका भैरहेको प्रहरीले जनाएको छ ।resque.jpg

    मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको थियाे । प्रहरीले पनि सीताले आत्महत्या गरेको  रिपाेर्ट सार्रवजनिक गरेको थियाे ।

    सडकमा आन्दोलनचर्किँदा पनि स्थानीय ,प्रदेश र संघीय सरकार रमिते बनेका छन् । पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइती पक्षको विरोध र चर्को दबाब खेपेको छ ।sita thunama.jpgresque.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology