Logo बुधवार, श्रावण १३ गते २०८३
images

तिलोत्तमाकी सीताको रहस्यमय मृत्यु प्रकरण : १० दिनसम्म उठेन शव ,न्याय खोज्दै माइती ! (फोटोफिचर)

तिलोत्तमाकी सीताको रहस्यमय मृत्यु प्रकरण : १० दिनसम्म उठेन शव ,न्याय खोज्दै माइती ! (फोटोफिचर)

  • 6.9K
    SHARES

  • तिलोत्तमाकी  सीताको रहस्यमय मृत्यु प्रकरण : १० दिनसम्म उठेन शव ,न्याय खोज्दै माइती ! (फोटोफिचर)

    बुटवल,भदौ २९ । 

    रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय मृत्यु प्रकरणपछि शुरु भएको आन्दाेलन राेकिएको छैन । 

    मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको छ ।sita bhandari.jpg

    बिहे भएको २ बर्षपछि आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको थियाे ।

    नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको दश दिन बित्दा पनि उनको शव उठेको छैन ।  घटनाबारे उच्चस्तरीय छानबिन गरेर न्याय पाएमा मात्रै शव बुझ्ने सीताका बुबा हरिप्रसाद भण्डारीले नागरिक अनलाइनसंग बताए ।

    hari bhandari.jpg 

    अहिले आन्दोलन नरोकिएपछि प्रहरीले मृतकका श्रीमान् टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी (आमाजू) विष्णुलाई नियन्त्रणमा लिएको छ ।sita ghar.jpg

    प्रहरीले जाहेरी लिन नमानेपछि तलाेत्तमा ८ मा रहेको माइती पक्षले दिनहुँजसो घटनाबारेमा सत्यतथ्य र न्याय खाेज्दै आन्दाेलन चर्काइरहेका छन्  ।आन्दाेलनकी अभियान्ता आयुषा कंडेलले सीताले न्याय नपाउन्जेल आफूहरुले चलाएको आन्दाेलन नराेकिने बताइन् ।

    अबको २ दिनमा निश्कर्ष निस्किने रुपन्देहीका सिडियाेले आश्वासन दिएको उनले नागरिक अनलाइनसंग बताइन् । उनले आफूहरु न्याय खाेज्न र दबाब दिन तिलाेत्तमा नगरपालिकामा जाँदा प्रहरीले हस्तक्षेप गर्दा हातमा चाेट लागेको र तीन जना प्रहरी पनि घाइते भएकाे बताइन् ।

    शान्ति समाजद्वारा घटनाबारे स्थलगत जानकारी :

    यसैबिच मानव अधिकारकर्मीहरुको एक टाेलीले घटनाबारे स्थलगत अवलाेकन गरेर सराेकारवालाहरुसंग छलफल समेत गरेको छ ।  मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपी खनालले घटनाबारे सत्यतथ्य पत्ता लगाइ पिडितलाई न्याय दिनुपर्ने बताए ।

    टाेलीमा शान्ति समाज रुपन्देहीका सचिव कपिल ज्ञवाली,सहसचिब कृष्ण पाण्डे,पूर्व सचिव तेजेन्द्र केसी तथा  पदाधिकारी सदस्य सहभागि थिए ।sita dad.jpg

    घटनास्थलको प्रकृति र पृष्ठभूमिले छोरीको हत्या नै भएको भन्दै किटानी जाहेरी दिएका थिए । तर प्रहरीले भने किटानी जाहेरी लिन मानेन,नियन्त्रणमा लिएका २ जनालाइ आत्महत्या दुरुत्साहनका लागि साेधपुछ गरेको छ ।sita bhandarii.jpg

    sita bhandari.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology