Logo बिहिवार, आश्विन १ गते २०८३
images

सीता मृत्यु प्रकरण : १० दिनपछि प्रहरीले किटानी जाहेरी दर्ता गर्यो

सीता मृत्यु प्रकरण : १० दिनपछि प्रहरीले किटानी जाहेरी दर्ता गर्यो

  • 7.6K
    SHARES

  • सीता मृत्यु प्रकरण : १० दिनपछि प्रहरीले किटानी जाहेरी दर्ता गर्यो

    बुटवल,भदौ २९ ।

    रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय मृत्यु प्रकरणमा १० दिनपछि प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मातहतका प्रहरी तथा आन्दाेलनपक्षसहित प्रशासनमा भएको छलफलपछि जाहेरी दर्ता भएको सीताका बुबा हरिप्रसाद भण्डारीले नागरिक अनलाइनसंग बताए ।

    जाहेरीमा मृतकका श्रीमान् टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी (आमाजू) विष्णुलाई किटानी गरिएको छ ।

    मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको छ ।

    बिहे भएको २ बर्षपछि आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको थियाे ।

    नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको दश दिन बित्दा पनि उनको शव उठेको छैन ।  घटनाबारे उच्चस्तरीय छानबिन गरेर न्याय पाएमा मात्रै शव बुझ्ने माइति परिवारको भनाइ छ ।muddha sita bhandari.jpg

     

    muddha sita.jpg

    रुपन्देहीको तिलोत्तमामा युवतीको ‘संकास्पद हत्या’,प्रहरीले जाहेरी दर्ता गरेन !

    तिलोत्तमाकी सीताको रहस्यमय मृत्यु प्रकरण : १० दिनसम्म उठेन शव ,न्याय खोज्दै माइती ! (फोटोफिचर)

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology