Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

प्रेस संंगठन गुल्मीको अध्यक्षमा तिलाचन पाण्डे चयन

प्रेस संंगठन गुल्मीको अध्यक्षमा तिलाचन पाण्डे चयन

  • 1.9K
    SHARES

  • प्रेस संंगठन गुल्मीको अध्यक्षमा तिलाचन पाण्डे चयन

    बुटवल,असाेज १३ ।

    प्रेस संंगठन नेपाल गुल्मीको अध्यक्षमा तिलाचन पाण्डे सर्वसम्मत चयन भएका छन् । संगठनको मंगलबार सम्पन्न तेस्रो जिल्ला सम्मेलनले पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।tilachan.jpg

    कमिटीको उपाध्यक्षमा प्रकाश चालिसे,सचिवमा हुमाकान्त पोखरेल, सह–सचिवमा महेश बोहोरा,प्रतिक्षा सुनार तथा कोषाध्यक्षमा खुमानन्द फुल्देल छन्  ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक विर बहादुर कार्कीले समाजमा भएका विकृति, विसंगती, भ्रष्ट्राचार एवम् अन्यायको विरुद्धमा प्रेस संगठन निकट पत्रकारहरुले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गरे ।

    विशेष अतिथि, प्रेस संगठनका लुम्बिनी प्रदेश संयोजक एवम् मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले लुम्बिनी प्रदेश सरकारले सञ्चारकर्मीका पक्षमा ल्याएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रममा संगठनका प्रदेश संयोजक विकलाई मुख्यमन्त्रीका प्रेस सल्लाहकार भएकोमा, केन्द्रिय सदस्य प्रेम सुनारलाई निरन्तर खोज पत्रकारितामा क्रियाशिल भएबापत र संगठनका प्रदेश सदस्य घनश्याम खरेललाई अनेरास्ववियू क्रान्तिकारी लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित भएकोमा सम्मान समेत गरिएको थियो । 1.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology