Logo बुधवार, श्रावण १३ गते २०८३
images

अपहरण तथा शरीर बन्धक कसूरमा शंकर पोखरेलसहित ४ जना विरुद्ध विमलाले दिइन् जाहेरी

अपहरण तथा शरीर बन्धक कसूरमा शंकर पोखरेलसहित ४ जना विरुद्ध विमलाले दिइन् जाहेरी

  • 1.9K
    SHARES

  • अपहरण तथा शरीर बन्धक कसूरमा शंकर पोखरेलसहित ४ जना विरुद्ध विमलाले दिइन् जाहेरी

    बुटवल,भदाै ३० ।

    लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सांसद विमला खत्री वलीले अपहरण तथा शरीर बन्धक कसूरमा जाहेरी दिएकी छन् ।

    प्रदेश सभा सदस्य वलीले पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावलले आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै प्रहरीमा निवेदन दिएकी हुन् ।

    वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । 

    मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन पाउने कानुनी व्यवस्था छ ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले बुटवलमा सोमबार दिएको उजुरी बुधवार दाङ पठाइएको जानकारी दिए । निवेदन लिएर माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती र सांसद विमला वली प्रहरी कार्यालय पुगेका थिए । 

    यसअघि राजनीतिक विषय भएकाले उजुरी नदिने बताउँदै आएकी वलीले घटनाको डेढ महिनापछि उजुरी दिएकी हुन्

    कुँवरले भने-‘सोमबार उहाँहरूले निवेदन लिएर आउनुभएको थियो । घटना दाङमै भएकाले उतै पठाएको छौं ।’ दाङका प्रहरी प्रमुख सुरेन्द्र काफ्लेले अझैसम्म उजुरी जिल्ला आइनपुगेको बताए ।  इलाका प्रहरी कार्यालय बुटवलका अनुसार वलीले आफूलाई साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल दाङबाट ल्याएर बन्धक बनाएको आरोप लगाएकी छन् । 

    बुटवल प्रहरीले भने, घटनास्थल दाङ भएकोले त्यहीँबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ । सूर्य चिह्नबाट निर्वाचित वलीले नेकपा एकता भंग भएपछि माओवादी केन्द्र रोजेकी थिइन् । 

    माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीले अपहरण तथा शरीर बन्धकविरुद्ध सोमवार इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी बुझाएको बताए ।

    यी खबरहरू पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology