Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

प्रचण्डको हत्यामा सजायँ भोगेर फर्किएका सुजितको नियुक्ति विवादित,थैव परिवारले भन्यो-‘हाम्राे घाउमा नुन चुक छर्किएर चोट दिइयो’

प्रचण्डको हत्यामा सजायँ भोगेर फर्किएका सुजितको नियुक्ति विवादित,थैव परिवारले भन्यो-‘हाम्राे घाउमा नुन चुक छर्किएर चोट दिइयो’

  • 3.1K
    SHARES

  • प्रचण्डको हत्यामा सजायँ भोगेर फर्किएका सुजितको नियुक्ति विवादित,थैव परिवारले भन्यो-‘हाम्राे घाउमा नुन चुक छर्किएर चोट दिइयो’

    बुटवल, भदौ २८ ।

    लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीका स्वकीय सचिव सुजित बिकको नियुक्ति बिवादमा तानिएको छ। १२ वर्ष अघि बुटवलका प्रचण्ड थैवको हत्या अभियोगमा १० वर्ष जेल सजाय पूरा गरेर फर्किएका सुजित केहिदिन अघि मुख्यमन्त्री कुलप्रसाद केसीका स्वकीय सचिव बनेका थिए ।

    बुटवलमा आज थैव परिवारले पत्रकार सम्मेलन गर्दै नियुक्ति दिनु गलत भएको भन्दै राजिनामा मागेको छ । हत्यामा दोषी ठहर भई अदालतबाट सजाय तोकेअनुसार कारवाहीमा परेका ‘हत्यारा’ लाई पदबाट हटाउन आग्रह गरे ।

    विसं २०६५ साल चैत्र १३ गते बुटवलको चाँदबारी नजिक प्रचण्ड थैबलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका थिए। थैबकी आमा सुकन्या थैवले जेल जीवन बिताएको हत्यारालाई मुख्यमन्त्रीले स्वकीय सचिव बनाएको भन्दै आपत्ति व्यक्त गरिन् । उनले छोरा मारिएको १३ वर्षसम्म पछि फेरी अपराधीलाई स्वकीय सचिव बनाएर घाउँमा नुन चुक छर्किदिएको बताइन् ।

    ‘छोरा मारिएको १३ वर्षसम्म जसोतसो कटाएका थियौं, फेरी पनि आज १३ वर्ष जेलमा बसको उपराधीलाई यही बुटवलमा आएर मुख्यमन्त्रीले स्वकीय सचिवमा नियुक्त गरे ,हामीलाइ झन् डर भाे ।’

    ‘मुख्यमन्त्रीले हत्यारा ठहरिएका बिकलाई स्वकीय सचिव पदमा लैजाँदा पनि पत्रकारले पनि समाचार नलेख्नुको कारण के हाे भन्दै प्रतिप्रश्न गरिन् । उनले एमालेले पनि विरोध नगरेको  भन्दै आक्राेश पाेखिन् । बिकले जीवन स्वतन्त्र रुपमा जिउन पाउने अधिकार रहेको भन्दै यहाँबाट राजीनामा दिएर अन्यत्र जान सुझाव दिइन् ।

    थैबकी दिदी सुष्मा श्रेष्ठले हत्यारालाई स्वकीय सचिव बनाउनु दुःखद रहेको बताइन्। थैवकी श्रीमती लक्ष्मी श्रेष्ठले १३ वर्ष जेल बसेकोलाई मुख्यमन्त्रीले स्वकीय सचिव बनाउनु लाजमर्दो भएको बताउँदै सुजित विकले बुटवलमा मुख देखाएर हिड्दा लाज लागेन् भन्दै प्रतिपश्न गरिन् ।

    ‘१३ वर्ष जेल बसेको आएको हत्यारा फेरी बुटवलमा आएर मुख देखाएर हिड्दा लाजसरम लाग्दैन्? ’ उनले रुदैँ भनिन्, फेरी पनि उसले कसैको हत्या गर्न सक्ने आरोप समेत लगाइन् ।  स्वर्गीय प्रचण्ड थैवका छोरा रागभ थैवले बिकलाई तत्काल राजीनामा दिएर अन्त कतै गएर बस्न आग्रह गरे ।

    बिककी श्रीमती दिपा समानुपातिक तर्फबाट लुम्बिनी प्रदेश सभाका सदस्य रहेकी छन् ।तर सुजित बिकले भने आफूले प्रचण्डको हत्या नगरेको भएपनि फसाइएको बताउदै आएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology