बुटवल,भदौ २५।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सकिएलगत्तै पालिकाको निर्वाचनको सरगर्मी बढेको छ ।
२७ गतेलाई तय भएको कांग्रेसको पालिकाको निर्वाचनको लागि रुपन्देहीको तिलोत्तमा नगर सभापतिको लागि नारायण न्यौपानेले उम्मेद्वारी घोषणा गरेका छन् ।
यस्तै उपसभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेद्वारी घोषणा गरेका हुन् ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेद्वार न्यौपानेले आफूले संगठनलाई चलयामान बनाउन उम्मेद्वारी घोषणा गरेको बताए ।
उनले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गरि संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे । न्यौपानेले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले आफूहरु कुनै गुट–उपगुट नभई साझा उम्मेद्वारी दिएको बताए ।
न्यौपाने गत स्थानिय तहको निर्वाचनमा तिलोत्तमा वडा नं ९ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष समेत हुन्।
अग्रजहरूले देखाएको प्रजातन्त्रप्रतिकोअटल विश्वासलाई जीवन्तता प्रदान गर्न र पार्टीमा नयाँ रक्तसञ्चारको प्रवाह गर्न १४ औं महाधिवेशन मा आफ्नो उमेदवारी सभापति रहेको न्यौपानेले बताए।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)