Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा गठित ‘भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान’का पदाधिकारी र सदस्यले लिए शपथ

बुटवलमा गठित ‘भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान’का पदाधिकारी र सदस्यले लिए शपथ

  • 4.9K
    SHARES

  • बुटवलमा गठित ‘भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान’का पदाधिकारी र सदस्यले लिए शपथ

    बुटवल, भदौ २० ।

    बुटवल उपमहानगरपालिकामा गठित ‘भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान‘का पदाधिकारी र सदस्यहरुले शपथ ग्रहण गरेका छन् । भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि स्थानीय तहबाट स्थानीय स्तरको प्रज्ञा प्रतिष्ठानको मोडलमा पालिकाले कानुन बनाएर गठन भएको यो मुलुककै पहिलो प्रतिष्ठान हो ।

    भाषा, साहित्य, कला र संस्कृति प्रतिष्ठान स्थापना र सञ्चालनका लागि बनाइएको ऐन बमोजिम उक्त प्रतिष्ठान गठन भएको थियो । उपमहानगरका प्रमुख एवम् प्रतिष्ठानका प्रमुख संरक्षक शिवराज सुवेदीले आइतबार एक संक्षिप्त समारोहबीच प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीलाई शपथ ग्रहण गराउनुभएको थियो । त्यसपछि जिसीले पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।butwal parisad  sava.jpg
    शपथ ग्रहण गराएपछि बाेल्दै प्रमुख सुवेदीले बुटवलको पहिचान बढाउने खालको भाषा, साहित्य र सिर्जनाका कामलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । 
    राष्ट्रिय स्वाभिमानको जितगढी किल्लालाई केन्द्रमा राखेर समग्र बुटवलको पहिचान स्थापित गर्नेगरी साहित्य साधनाका काम अगाडि बढाउनुपर्ने बताउँदै प्रमुख सुवेदीले अभियानमा सबै क्षेत्र र पक्षलाई समेटेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

    उपप्रमुख तथा प्रतिष्ठानका संरक्षक गुमादेवी आचार्यले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि आ–आफ्नो प्रतिभालाई सदुपयोग गरेर असल नियतका साथ जिम्मेवारी वहन गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेललगायतले प्रतिष्ठानलाई कार्ययोजना बनाएर प्रभावकारी र रचनात्मक अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो ।

    प्रतिष्ठानको अध्यक्षमा झपेन्द्रबहादुर जिसी,सचिवमा दलबहादुर गुरुङ :

    विज्ञ झपेन्द्रबहादुर जिसीको अध्यक्षतामा गठित प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मी गुरुङ, सचिवमा दलबहादुर गुरुङ र कोषाध्यक्षमा सीता ढुंगाना काफ्ले रहनुभएको छ । प्रतिष्ठानका सदस्यहरुमा डा.शालिकराम पौड्याल, इन्दिरा अर्याल,कपिल ज्ञवाली,नारायणबहादुर थापा, चिरन बराल, चौतारे थारु, रामचन्द्र श्रेष्ठ, झविन्द्र थापा र बीरेन्द्र अग्रहरी रहनुभएको छ ।  

    प्रतिष्ठानले कार्ययोजना बनाउने, मनोनित गर्ने, सल्लाहकार छनौट गर्ने र विद्वत् सभामा पेश गर्नेलगायतका काम गरिने अध्यक्ष जिसीले बताउनुभयो ।  प्रतिष्ठानको आइतबारै बसेको प्रथम बैठकले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि अभियान सञ्चालन गर्ने अवसर दिएको भन्दै उपमहानगरलाई आभार प्रकट गरेको छ ।

    साथै आगामी १० महिने कार्ययोजना बनाउने समेत निर्णय गरेको सचिव दलबहादुर गुरुङले जानकारी दिनुभयो ।

    butwal parisad.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology