Logo बिहिवार, आश्विन १ गते २०८३
images

विज्ञहरुको सुझाव : ’काेराेना संक्रमणबाट बच्न सतर्क ‍रहँदै सजगता अपनाउनूस्’

विज्ञहरुको सुझाव : ’काेराेना संक्रमणबाट बच्न सतर्क ‍रहँदै सजगता अपनाउनूस्’

  • 3.6K
    SHARES

  • विज्ञहरुको सुझाव : ’काेराेना संक्रमणबाट बच्न सतर्क ‍रहँदै सजगता अपनाउनूस्’

    बुटवल,असोज १०-

    कोरोना भाईरस संक्रमणबाट बँच्न सतर्क र सजगता अपनाउनुपर्ने विज्ञहरुको सुझाव दिएका छन ।

    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४३ औ नियमित बैठक तथा कोरोना भाईरस सम्बन्धि सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश ५ अन्तरगत स्वस्थ्य निर्देशनालयका चिकित्सा तथा रोग नियन्त्रण शाखाका ल्याब अधिकृत गोपाल गौतमले मानिसको नाक, मुख र आखाबाट भाईरस प्रवेश गर्ने भन्दै यसमा सचेतना अप्नाउन सुझाव दिए ।

    यो भाईरस बिस्तारै सक्रिय हुदै जाने र लक्षण देखिने उनले बताए । प्रदेश ५ मा कोरोना संक्रमणबाट निको हुने दर ७६ प्रतिशत हुनु सकारात्मक भएको उनको दाबी छ । अहिलेसम्म प्रदेशमा १ लाख २० हजार २ सय ९० जनाको स्वाव लिएकोमध्ये ९ हजार ९ सय ४७ जनाको पोजिटिभ रिपोर्ट आएको उनले बताए । यसैगरि प्रदेशमा २ हजार २ सय १३ वटा सेम्पल प्रोसेसिङमा छ ।

    प्रदेशमा सरकारी तथा निजि गरि ९ वटा ल्याबबाट पिसिआर परिक्षण भैरहेको उनले बताए । नेपालमा ७० हजार ६ सय १४ जना कोरोना भाईरस संक्रमित छन भने ५१ हजार ८ सय ६७ जना निको भएर घर फर्किएका छन । यसैगरि अहिलेसम्म ४ सय ५९ जना मृत्यु भएको छ। विश्वमा ३ करोड २४ लाख ब्यक्ति कोरोना संक्रमित र ९ लाख ८७ हजारको मृत्यु भएको उनले बताए । अमेरिकामा मात्र ७१ लाख संक्रमित र २ लाख मृत्यु भएको उनले बताए । 

    कार्यक्रममा कान्तिपुर पब्लिकेसन प्रदेश ५ का प्रमुख दिपेन्द्र बडुवालले कोभिड–१९ को संक्रमणमा पत्रकारिता निक्कै चुनौतिपुर्ण भएको बताए । प्रकृतिलाई मानिसले दोहन गर्दा अहिले मानिस समस्यामा आईपरेको तथ्य बाहिरिएको उनले बताए । यो महामारीमा पत्रकारिता क्षेत्रमा ठूलो असर परेको दुखेसो गर्दै उनले सुचना, शिक्षा र मनोरन्जन दिने काम मिडियाले गर्ने भएकाले पनि हरेक क्षेत्रलाई मिडिया चाहिने बताए । क्लबका अध्यक्ष गोपाल ज्ञवालीले नेपालीका लागि समयवद्घता सबैभन्दा महत्वपुर्ण विषय भएको बताए ।

    यसैगरि कोभिड विरुद्ध धेरै सचेतनाका कार्यक्रमहरु संचालन गरेर क्लब अघि बढेको उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का सदस्य बिक्रम खड्का, क्लबका सदस्य सन्जय श्रेष्ठ, सपना तामाङले सामाजिक उत्तरदायित्व अन्तरगत क्लब विभिन्न कामहरु गर्दै आएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology