Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल -भारत मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा रोकियो

नेपाल -भारत मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा रोकियो

  • 2.8K
    SHARES

  • नेपाल -भारत मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा रोकियो

    बुटवल,भदौ १८ । 

    नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा रोकिएको छ। 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा अग्रता लिएको नेपालले त्यसलाई जोगाउन नसक्दा खेल १-१ को बराबरीमा रोकिएको हो। नेपालका लागि अन्जन विष्टले शुरुवाती गोल गरे भने भारतका लागि अनिरूध थापाले गोल गर्दै खेल बराबरीमा ल्याए।

    खेलको चौथो मिनेटमा अन्जन बिष्टको क्रसलाई भारतीय गोलरक्षकले सहजै नियन्त्रणमा लिएका थिए। २४औं मिनेटमा ब्रँनडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण चेम्जोङले पञ्च गरेका थिए। २६औं मिनेटमा आयुष घलानको क्रसलाई फरवार्ड नवयुग श्रेष्ठले जज गर्न सकेनन्।

    ३२औं मिनेटमा सुमन लामालाई फाउल गरेपछिको प्राप्त फ्री किकमा अन्जनको प्रहार आकासिँदा नेपाल अग्रता लिनबाट चुकेको थियो। ३६औं मिनेटमा भारतीय ग‍ोलरक्षकले गरेको गल्तीको फाइदा उठाउँदै अन्जन विष्टले गोल गरे।

    चिनलेना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई बिट गर्दै विष्ट गोल गर्न सफल भएका हुन्।

    नेपाल-भारत मैत्रीपूर्ण खेल : पहिलो हाफमा नेपालको अग्रता

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology