बुटवल,असोज १०-
गएराती खसेकाे पहिरोका कारण बुटवल- पाल्पा सडक अझै खुल्न सकेकाे छैन ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका ठाउँमा ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो ।
सडकमा ठूला-ठूला ढुंगा झरेको र ढुंगा फुटाएर मात्रै पन्छाउन सकिने भएकाले सडक खुल्न समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यी खबरहरु पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)