बुटवल,भदौ १४ ।
मानव टोल विकास संस्था बुटवल १० रामनगर,टोल न २ को १३ औं साधारणसभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष यमुना काउचाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल १० का वडाध्यक्ष पदम बहादुर थापाले टोलबिकास संस्थाको सक्रियताका कारणजनप्रतिनिधिलाई काम गर्न सहज भएको बताए ।
उनले संस्थाले नमना काम गर्नुपर्ने बताए । कार्यक्रममा टोलबिकास संस्थाका पुर्णकला पराजुली ,टंककुमार खड्का ,गंगा गुरूङ,रामनगर बनका अध्यक्ष क्या किशन थापा मगर,रामनगर क्षेत्र बिकास समितिका अध्यक्ष जेबि गुरूङ,धनबहादुर गुरुङ,मिनबहादुर शारु,झपटबहादुर थापा,सन्जु सुबेदी, लगायतले बोलेका थिए ।
कार्यक्रममा अध्यक्ष काउचा,कोषाध्यक्ष भिमसेन थापाले प्रतिबेदन पेश गरे । ९५ घरधुरी रहेको टोलले ८७ लाख १० हजार ७ सय ५७ रूपैयाँको कारोबार गरेको छ । टोलबिकास संस्थाले १६६ सदस्यबाट समुहगत बचत समेत गर्दैआईरहेको छ ।
अहिले जगेडाकोषमा १ लाख ६७ हजार ३ सय ८९ रूपैयाँ रहेको कोषाध्यक्ष भिमसेन थापाले बताए । सो अबसरमा पत्रकार महेन्द्र थापा र भरत अधिकारीलाई,नगद र करूवाले सम्मान गरिएको थियो भने ८ जना ज्येष्ठ नागरिक र प्लस टु मा ७ जना उत्कृष्ट अंक ल्याउन टोलका बिद्यार्थीहरूलाई नगद सहित सम्मान गरिएको छ ।
कार्यक्रममा साधारण सदस्यका तर्फबाट दुर्गा देवकोटा ,टोलबिकासका महेन्द्र श्रेष्ठ, जनप्रतिनिधि कला केसी,माया बराल ,सम्मानित पत्रकार महेन्द्र थापा लगायतले बोलेका थिए।भने सचिव नना छन्त्यालको संचालन र सदस्य दिलिपकुमार सुनारको स्वागतमा कार्यक्रम भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)