Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु,४६७ पुगे मृतक,थपिए१२०७ कोरोना संक्रमित

२४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु,४६७ पुगे मृतक,थपिए१२०७ कोरोना संक्रमित

  • 2.4K
    SHARES

  • २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु,४६७ पुगे मृतक,थपिए१२०७ कोरोना संक्रमित

    बुटवल,असोज १०-

    नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

    ७ वटा जिल्लाका ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुने सबै पुरुष हुन्। सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

    यसअघि शुक्रबार नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६५ प्रतिशत छ।  

    पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्। 

    पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५३  हजार १३ जना संक्रमित  उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७३.८ प्रतिशत हो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology