Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु,रुपन्देहीमा आज थपिए ६३ संक्रमित

बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु,रुपन्देहीमा आज थपिए ६३ संक्रमित

  • 4.4K
    SHARES

  • बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु,रुपन्देहीमा आज थपिए ६३ संक्रमित

    बुटवल,असोज ९- 

    बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

    बिहान लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका बुटवल-१० का ७२ वर्षीय पुरुषको दिउसो पौने ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले नागरिक अनलाइनलाइ जानकारी दिए।

    ती पुरुषमा मिर्गौलाको समस्या थियो।

    रुपन्देहीमा आज थपिए ६३ कोरोना संक्रमित :

    रुपन्देहीमा आज शुक्रबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २३ जना महिला र ४० जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ३४५ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा ३९, सिद्धार्थनगर नगरपालिकामा ९ जना, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा ६-६ जना, देवदह नगरपालिकामा २ जना र मचर्वारी गाउँपालिकामा १ जना संक्रमित संक्रमित थपिएका छन् ।

    रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ६११ जना संक्रमित निको भएका छन भने ७१३ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology