बुटवल,असोज ९-
बुद्ध टेक्निकल एण्ड एजुकेशनल इन्स्टीच्यूट-बिटिइआई कलेज देवदहले प्रि डिप्लोमा इन एग्रिकल्चरको अध्ययापन कार्य देवदहको खैरेनीमा सञ्चालन गर्ने भएको छ ।
बिगत ६ बर्ष देखि बुटवलमा सेवा दिइरहेको यो कलेज बिद्यार्थिहरुलाई प्रयोगात्मक सिकाई फिल्ड र उपयुक्त कृषि कार्यशाला सहित अध्यापन गराउने उद्देश्यले देवदह नगरपालिकामा आएको संस्थाका कोअर्डिनेटर सुशिला भटराईले बताईन ।
हाल सिटिइभिटिबाट यही भदौ १५ गते सम्मका लागि ४० जनाको सिटमा एसईई पास बिद्यार्थिहरुले आवेदन दिन पाउने गरी भर्ना खुलेको छ । देवदहमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम यस बर्ष कृषि समुह तथा कृषि सहकारीमा आवद्ध सदस्यका छोराछोरीलाई बिशेष छुटका साथ अध्यापन गराउने नीति कलेजले लिएको बताइएको छ ।
कलेजले देवदहमा आफनै भवन र कार्यशाला बनाउने उद्देश्यले करिब एक विघा जग्गा खरिद गरेको छ । उक्त जग्गामा बहुउद्देश्यिय परियोजना अघि सारेको छ जहाँ एक व्यवस्थित कृषि कार्यशाला अर्थात कृषि फर्म हुनेछ र बिद्यार्थिहरुले कमाउँदै पढदै गर्ने वातावरण समेत पाउने छन । कलेजले सिटिईभिटिबाट सम्बन्धन लिई १८ महिने प्रि डिप्लोमा इन प्लाण्ट साइन्स( कृषि जेटिए) अध्यापन गराउँदै आएको छ । जहाँ देशका विभिन्न जिल्लाबाट कृषि प्राविधिक बन्ने अभिप्रायले बिद्यार्थिहरु पढन आउँछन ।
बिद्यालयका प्रशिक्षक कृष्ण डुम्रेका अनुसार कलेजका हालसम्म उतिर्ण बिद्यार्थिहरु उत्कृष्ट नजिजा ल्याउने गरेका कारण रोजगारी र स्वरोजगारी अवसर प्राप्त गरिरहेको बताउनु भयो ।
लेजले प्राविधिक शिक्षा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त दुग्ध परिकार उत्पादन , च्याउ खेती, बाख्रा पालन, सामुदायिक पशुस्वास्थ्य कार्यकर्ता, बेमौसमि तरकारी खेति, कम्यूटर अप्रेटर, हार्डवेयर, हाउसवायरिंग छोटा अवधिका तालिमको सम्बन्धन लिएको कुरा संस्थाका अध्यक्ष सिद्धिचरण भटराईले बताए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)