बुटवल,भदौ ३।
सर्वोच्चअदालतबाट कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएका एक फरार प्रतिबादी पक्राउ परेका छन् ।
फरार प्रतिबादी खोजी गर्ने क्रममा घोराही उपमहानगरपालिका वडा नं. १४ रतनपुर झिंगौराका ५० बर्षीय रामबहादुर चौधरी पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिनुभयो ।
सर्वौच्च अदालतले २०७५ माघ २९ गते कतब्र्य ज्यान मुद्दामा चौधरीलाई दोषी ठहर गर्दै २० बर्ष कैदको फैसला सुनाएको थियो । त्यसयता फरार रहँदै चौधरी आउनु भएको थियो । फरार प्रतिबादी चौधरी घोराही १४ मै लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार साँझ ६ बजेतिर पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिनुभयो ।
चौधरीलाई बुधबार दाङ देउखुरी जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशमा चौधरीलाई तोकिएको सजाए भुक्तान गर्नका लागि कारागार चलान गरिएको डिएसपी रिजालले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)