बुटवल,असोज ८-
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र नेपाल बुटवल युवा रेडक्रस सोसाइटीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम भएकाे छ ।
रक्तसंचार केन्द्र अर्थात् ब्लड बैँकमा रक्तदान कार्यक्रम भएकाे हाे ।
साे अबसरमा नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा सभापति प्रेम लाल उदास,बुटवल युवा रेडक्रस सोसाइटीका अध्यक्ष रेशम खनालको नेतृत्वमा रेडक्रसका सम्पुर्ण सदस्य लगायतले रगत दान गरेका थिए । कार्यक्रममा ४५ पोका रगत संकलन भएकाे शिवदेव अर्यालले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला सभापति प्रेमलाल उदासले रक्तदातालाइ प्रमाण पत्र वितरण गर्नु भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)