बुटवल,साउन २५ ।
सरकारले कृषि मन्त्रालयको सचिवमा गोविन्दप्रसाद शर्मालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई नियुक्त गरेको हो।
बुटवल उपमहानगरपालिका १२ नयाँगाउँका डा.गोविन्द प्रसाद शर्मा आचार्य सचिवमा बढुवा भएका हुन् । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित बढुवा समितिले वाँहालाई जेष्ठताको आधारमा एक नम्बरमा सिफारिस गरेको थियो।
डा.शर्माले बुटवल -१२ नयाँगाउ माविमा कक्षा १ देखि ७ र बुटवल माविबाट एसएलसी गरेका हुन् । कृषि क्याम्पस चितवन रामपुरबाट कृषिमा स्नातकोत्तर गरि अष्ट्रेलियाबाट कृषि क्षेत्रमै पिएचडी गरेका थिए ।
कृषि विभागको डाईरेक्टर रहेका शर्मा यसअधि प्रदेश नं २ र कर्णाली प्रदेश सरकारको कृषि सचिवमा काम गरिरहेका छन् । उनकै पहलमा बुटवल सेमलारमा कृषि थोक व्यापार केन्द्रको स्थापनाको लागि बजेट विनियोजन भएको थियो।
शर्मा बुटवल १२ नयाँगाउका प्रतिष्ठित समाजसेवी तथा मुक्तिनाथधामका संस्थापक अध्यक्ष डिल्ली प्रसाद शर्मा आचार्य र धर्मराज शर्मा आचार्यका सहोदर भाइ हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)